Techie IT
आईतबार, वैशाख १३,२०८३

तारकेश्वरका जन्मजात अपाङ्ग देवकोटाले सगरमाथा आरोहण गर्दे


काठमाडौँ । तारकेश्वर–३ जितपुरफेदीका अपाङ्ग गोविन्द देवकोटा सगरमाथा आरोहण गर्ने भएका छन् । जन्मदै पोलियो रोगी गोबिन्द प्रसाद देबकोटा विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्दै छन् । विश्व किर्तिमान राख्न पोलियो रोगी एक अपाङ्गता भएका व्यक्तिका तर्फबाट पहिलोपल्ट हुनलागेको सगरमाथा आरोहणको साहसी अभियानलाइ सफल पार्न आर्थिक अभाब भएको उनले बताए ।

विगत २ दशकयता सगरमाथा आरोहण गर्ने मनमा सपना बोक्दै हिडेका देवकोटा यो वर्ष आरोहण गर्ने निश्चित भएको छ भने उनी अहिलो सगरमाथा आरोहणको क्रममा छन ।

देवकोटालाई सगरमाथा आरोहण गर्नको लागि विर बहादुर गुरुङ नेतृत्वको टोलीले सहयोग गर्दैछ । देवकोटालाई हिमालयन एक्सटासी नेपाल ट्रेक एण्ड एक्सपेटेशन प्रा।लि।ले सगरमाथा आरोहणको लागि आवश्यक सामाग्री सहित सहयोग गरेको छ । उनलाई लैजाने कम्पनीलाइ ६७ लाख र अरू आवश्यक भौतिक समान किन्न ५/७ लाख गरी कुल चाहिने ७५ लाख जती मध्ये उनिसंग २५/२६ लाख को मात्र जोहो छ। बाँकी पैसा सहयोगकालागी सबैसंग देवकोटाले अनुरोध गरेका छन् ।

वि।स। २०३१ श्रावण २१ गते काठमाडौंको उत्तरी भेगमा रहेको साविक जीतपुरफेदी गाउाविकास समितीको वडा नं ८ डाँडागाउँमा जन्मिएका देवकोटा जन्मजात अपाङ्ग हुन् ।

११ वर्षको उमेरमा हिडडुल गर्न थालेका देवकोटाले यस अघि ७ हजार मिटर भन्दा मुनीका नेपालका४ वटा हिमालहरु आरोहण गरिसकेका छन् । जसमा यालापिक ९५४ सय मि०, आईल्याण्ड पिक ९५७ सय मि०, नयाँखाङ ९६१ सय मि० र लाङटाङ लेरुङ ९६८ सय मि० को हिमालहरु रहेका छन् ।

 

 

गर्भमै पोलियो रोगी भै जन्मिएका ४७ बर्षीय गोबिन्द प्रसाद देवकोटासंग जीवन संघर्षका कथा झैं लाग्ने यथार्थहरु उमेर भन्दा धेरै छन् । उनी ११ बर्षसम्म हिडडुल गर्न समेत सक्दैन थिए । बाल्यावस्था पार भै सकेपछि मुस्किलले भएको पोलियोको उपचारले शारीरिक अपाङ्गता निक्कै कम त भयो तर पूर्णरूपमा हटेन जो अहिले पनि उनले भोगीरहनु परेको छ ।

‘मनमा साहस भयो भने संसार जित्न सकिन्छ,’ असम्भव भन्ने हुँदैन भने झैं गोविन्द देवकोटाले ६ हजार मिटर भन्दा अग्ला केहि हिमालको सफल आरोहण गरिसकेका छन् । अहिले उनी यहि चैत महिनामा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणमा निस्कने तयारीले देवकोटाको दैनिकी अचेल व्यस्त भएको छ । सगरमाथा आरोहणका अरू सबै तयारी भए पनि उनलाई पैसाले रोक्ने हो की भन्ने डर छ ।

उनलाई लैजाने कम्पनीलाई ६७ लाख र अरू आवश्यक भौतिक समान किन्न ५÷७ लाख गरी कुल चाहिने ७५ लाख जती मध्ये उनीसंग २५÷२६ लाखको मात्र जोहो छ । बाँकी पैसा सहयोगका लागि सबैसंग देवकोटाले आशा र अनुरोध गरेका छन् ।

सगरमाथा आरोहणका लागी केहि दिन अघि तारकेश्वरका मेयर सहितका टोलीले शुभकामना सहित बिदाई गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अपाङ्ग गोविन्द देवकोटा सगरमाथा आरोहण गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्