बालाजुको जनमैत्री अस्पतालको खोप केन्द्रमा खोप लाउनेको घुँइचो
एकै दिनमा हजार भन्दा बढीले खोप लगाए
सीता पौडेल(अर्चना)
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुको जनमैत्री अस्पतालको खोप केन्द्रमा कोभिड — १९ विरुद्धको पहिलो र दोस्रो खोप लगाउनेको निकै ठूलो भिड लाग्यो ।
यस खोप केन्द्रमा एकै दिनमा एक हजार भन्दा बढीले खोप सेवा लिएको जनमैत्री अस्पतालका प्रमुख व्यवस्थापक उमेश पाण्डेले बताए । उनले भने, ‘ सरकारले १७ वटा खोप केन्द्र तोकेको भएता पनि अहिले जम्मा ८ वटा खोपकेन्द्रबाट मात्रै सेवा प्रवाह गरेकोले यस्तो भिड भएको हाम्रो अनुमान छ , तर हामी खोप लगाउनआउने जति सबैलाई छिटो र छरितो रुपमा खोप लगाएर पठाउने योजना लागेका छौं । ’

डब्लुएचओले समेत उत्कुष्ठ खोपकेन्द्रको रुपमा यस खोप केन्द्रलाई लिएको भन्दै उनले खोप लगाउने निर्धारित समय १० बजेदेखी ४ बजे सम्म भनिएता पनि उपस्थितहरुलाई साँझ सात बजेसम्मै बसेर खोप सेवा प्रदान गरेको बताए ।

क्याटेगोरी : समाचार
ट्याग : ##खोप लाउनेको घुँइचो, #बालाजु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्