राष्ट्रिय खबर डट कमको आठौं वार्षिकोत्सव समारोह सम्पन्न
सीता पौडेल (अर्चना)
काठमाडौं ।बोष्टर मिडियाद्धारा सञ्चालित अनलाइन समाचार पोर्टल ‘राष्ट्रिय खबर डट कम’ ले आफ्नो आठौं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।शुक्रबार वालुवाटारमा अवस्थित नेपालहाउसको सभाहलमा एक कार्यक्रमकाविच सो वार्षिक उत्सव समारोह सम्पन्न भएको थियो।
प्रत्रकार मुकुन्द ढुङ्गाना प्रधान सम्पादक रहेको उक्त अनलाइन समाचार पार्टलको आठौं वार्षिकोत्सवलाई सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा.रामशरण महतले ‘राष्ट्रिय खबर डट कम’ ले पत्रकारिताको मर्म र धर्म अनुसार सत्य ,तथ्य र निष्पक्ष सूचना तथा समाचार प्रवाह गरि लक्षितवर्ग तथा सर्वसाधारणको विश्वास जित्न सफल भएकोमा आफू विश्वस्त रहेको बताए ।

इनटरनेट र प्रविधिको विकाससँगै शुरु भएको अनलाइन पत्रकारिता पछिल्लो समय छिटो ,छरितो र प्रभावकारीतवरले समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यामको रुपमा विकास भएको भन्दै उनले अबको जमाना अनलाइन पोर्टलकै भएको धारणा व्यक्त गरे । उनले राष्ट्रिय खबर डटकमले पत्रकारिताको माध्यामबाट समाज तथा राष्ट्रको हितका लगि गरेको प्रयासको खुलेर प्रसंसा गदै सो अनलाईनको प्रगतिको कामनासमेत गरे ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले स्थानिय तहको विकाससँगै राष्ट्रको विकासकालागि अनलाइन पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय खबर डटकमको प्रगतिको कामना गरे ।
कायक्रममा सोही अनलाइनका प्रधान सम्पादक मुकुन्द ढुङ्गानाले सत्ता र शक्तिमा रहेकामाथि निरन्तर प्रश्न उठाउने र जनताको तर्फबाट वकालत गर्ने काममा आफू र आफ्नो सञ्चारमाध्याम सधै दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

सुशासन,विकास र समृद्धि अब देशका मुख्य कार्यभार हुन भन्दै प्रधान सम्पादक ढुङ्गानाले भने , ‘शुसासन विकास र समृद्धिको मूल कार्यभारबाट मिडिया उद्योग पनि टाढा रहन सक्दैन, आठ वर्षको यो अवसरमा हामी प्रतिबद्धता जनाउन चाहन्छौं कि–शुसासन, विकास र समृद्धिका लागि हामीले चौंथो अङ्गका रुपमा निभाउनु पर्ने आफ्नो भूमिका इमान्दारीपूर्वक पूरा गर्ने कोसिस गर्ने छौ।’
उनले राष्ट्रिय खबर डटकमप्रति यसका पाठकहरुले देखाएको स्नेह, विश्ववास र सद्धभावले आफूहरुलाई निकै उत्साहित बनाएको र थप जिम्मेवार ,उत्तरदायी तथा व्यवसायीक र मर्यादित पत्रकारिता गर्न दिशा निर्देश गरेको भन्दै सम्बन्धित सबै पाठक वर्ग , विज्ञापनदात , सुभचिन्तक लगायत आफू कृतज्ञ रहेको र सधै यस्तै साथको आशा राखेको बताए ।
कार्यक्रममा विधिन्न क्षेत्रमा रहेर समाज अनि राष्ट्रिप्रति योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै उपस्थित अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : ##आठौं वार्षिकोत्सव समारोह, ##राष्ट्रिय खबर डट कम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्