बालुवाटारमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरू
सीता पौडेल (अर्चना)
काठमाडौं । नेकपा एमाले १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यहि वैशाख ६ गतेको बैठकबाट निर्णय गराएर नेता माधव नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका चार जना सांसदलाई स्पष्टीकरण सोधेका थिए ।
आजको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले बुझएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने, नेताहरुको कार्य विभाजन, उपनिर्वाचन, प्रदेश सरकारलगायतबारे छलफल गर्ने लगायतका कार्यसूची तय गर्ने तयारी भएको नेकपा निकटका नेताहरुले बताएका छन् ।
कर्णाली प्रदेशका पाँच जना सांसदहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाउन पार्टीको ह्वीप उल्लघंन फ्लोर क्रस गरेर शाहीको पक्षमा मतदान गरेका थिए । सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##आयोजक कमिटीको बैठक, ##नेकपा एमाले १० औँ महाधिवेशन, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्