नुवाकोट एमाले कार्यालयमा तनाव
नुवाकोट । नेकपा एमाले नुवाकोटमा माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको छ ।
केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु लगतै तनाव भएको छ।
पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।
नुवाकोटमा माधव नेपाल समूहको बहुमत छ । जिल्ला पार्टी अध्यक्ष एवम् सांसद नारायण खतिवडा माधव समूहकै नेता हुन् । उनकै नेतृत्वमा त्यहाँ केहीबेर बैठक समेत बस्यो ।
तर, प्रहरीले बैठक रोक्न दबाव दिए पछि भने उनीहरु कार्यालयबाट बाहिरिएका छन् । प्रहरीले बैठक नराख्न दबाव बढाए पछि यो समूहका नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् । ‘
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नुवाकोट एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्