ललितपुरको नागदहमा नाग पञ्चमी मेला
ललितपुर, श्रावण ३१, धापाखेल स्थित नागदहमा आज मेला लागेको छ । नागपञ्चमीको अवसर पारेर मेलाको आयोजना गरिएको हो । मेलाको उद्घाटन संस्क्रिति पर्यटन तथा नागरिक उड्यान् मन्त्री रबिन्द्र अधिकारीले गरेका थिए । मेलाको उदघाटन कार्यक्रम माझ् बोल्दै – मन्त्री अधिकारीले नागदह धार्मिक एबम् पर्यटकिय दुबै दृष्टिले निक्कै महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र रहेकोले यसको बिकास गुरुयोजनालाई मूर्त रुप दिन संघीय सरकारले अवस्यक सहयोग उपलब्ध गराउने प्रतिबद्दता जायर गरे ।
कार्यक्रममा ललितपुर क्षेत्र नम्बर ०३ बाट निर्वाचित साम्सद पम्फा भुसालले नागदहको बिकासका निम्ती आफ्नो तर्फ बाट आबस्यक पहल जारी राख्दै आएको र छिट्टै नै यस क्षेत्रको बिकासले थप् गति लिने कुरा प्रती आफु बिश्वस्त रहेको धारणा राखिन । त्यस्तै ललितपुर ३ क बाट प्रदेश सभाका लागि निर्वाचित साम्सद रामकाजी महर्जनले नागदहको प्रबर्दनका निम्ती सरोकारवाला सबैले आ-आफ्नो स्थानबाट पहलकदमी चाल्नुपर्ने कुरा बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उप-प्रमुख गीता सत्यालले नागदहको धार्मिक एबम् पर्यटकिय महत्वको सन्दर्भमा प्रकाश पार्दै यस् को बिकासका लागि महानगरपालिकाले सक्दो सहयोग पुर्याउदै अाइरहेको बताइन् । कार्यक्रममा नागदह मेला तथा मुल समारोह समितिका सम्योजक एबम् ललितपुर महानगरपालिकाका २४ न. वडाका अध्यक्ष दिनेश कार्कीले नागदहको बिकासका निम्ती गुरु योजना तयार पार्ने कार्य सम्पन्न भैसकेको र यस् लाई साकार रुप दिन समिति एबम् वडा स्तरबाट आवस्यक पहलकदमी चाल्दै अाइएको कुरा राखेका थिए ।
मेलामा झाकी र दोहोरी गीत मार्फत दर्शनार्थि एबम् आगन्तुकहरुलाई मनोरन्जन दिलाइेएको छ भने पाकवानका परिकार्, लत्ता कपडा लगायत उपयोगी सामाग्रीका स्टलको प्रबन्ध रहेको छ । साथसाथै मेलामा जलबिहारको आनन्द लिन पनि सकिने छ । त्यसो त नाग पञ्चमीको यस् दिनमा नाग पुजन् का लागि भनेर नागदहमा आउने दर्शनार्थिको लाम पनि निक्कै लामो रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागदहमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्