सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग
मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै दायित्व निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
उक्त ऐन र श्रम ऐन कार्यान्वयनमा ल्याउनका लागि स्थानीय तहमा श्रमिकको प्रमाणीकरण गरी पञ्जिकरण गर्न, श्रमिकको पारिश्रमिक तथा सुरक्षाको अनुगमन गर्न, श्रम प्रशासनलाई नियमित गराउन र सामाजिक संवादको अभ्यास गर्न पनि उनीहरूले जोड दिएका छन् ।
पत्रकार सम्मेलनमा ट्रेड युनियनका अगुवा पुष्कर आचार्य, गणेश रेग्मी र कमल गौतमले श्रमिकलाई बाँच्न पुग्ने पारिश्रमिकको व्यवस्था गर्न तथा युनियनसँग हातेमालो गरी श्रम सचेतनाका क्रियाकलाप आयोजना गर्न समेत सरकारसँग आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सामाजिक सुरक्षा ऐन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्