पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति युनियनद्धारा निन्दा
काठमाडौँ । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । नयाँ वर्षको शुरुआतकै दिन बुधबार बिहान तनहुँ, व्यास– ५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका सहसेनानी विजय थापाले नियमित अभ्यासका क्रममा सडकमा दौडिरहेका सेनाका जवानको दृश्य खिंचेका नाममा पत्रकार पवन पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनाका साथै दुव्र्यवहार गरेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।
युलेनियन विहिबार विज्ञप्ति जारी गरी भारतीय
दूतावास परिसरमा समाचार सङ्कलनका क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुव्र्यवहार गरेको प्रति पनि आपत्ति जनाएको छ । ‘नो अब्जेक्सन लेटर’ लिन भारतीय दूतावास अगाडि जम्मा भएकामाथि प्रहरीले गरेको हस्तक्षेपको घटनाको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार दाहाललाई प्रहरी नायब उपरीक्षक दीपक खड्काको नेतृत्वमा रहेका प्रहरी जवानले भिडियो र फोटो खिंचेको भन्दै लछारपछार पारेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।
‘राष्ट्रिय सुरक्षा र सुरक्षा निकायको संवेदनशीलता नेपाली प्रेसले राम्रोसँग बुझेको छ, तर पटकपटक सुरक्षा निकायका तर्फबाट रिपोटिङका क्रममा खटिएका सञ्चारकर्मीमाथि दुव्यवहार तथा हातपात हुनु अशोभनीय मात्र हैन निन्दनीय विषय हो’ विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्