आइसिटी क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कार दिइने सरकारको उद्घोष
काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि विभिन्न पाँच विधामा आवेदन दिन एक सूचना जारी गरेको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थामध्येबाट सर्वोत्कृष्टलाई पाँच विधामा पुरस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवद्र्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ ।
उक्त ५ विधामा नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड पब्लिक सेक्टर, नेशनल आइसिटी अवार्ड प्राइभेट सेक्टर र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड वुमन रहेको बताइएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारमको ढाँचा मन्त्रालयको वेबसाइट मार्फत उपलब्ध गराएको छ ।
यही वैशाख ४ गतेभित्र आवेदन फारम भर्न सकिने सुचनामा उल्लेख छ । आवेदन फारम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##आवेदन दिन सूचना जारी, ##राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्