अरुण भ्याल्ली भेटेरेन्स फुटबलको उपाधि आयोजकलाई
खाँदबारी : संखुवासभाको खाँदबारीमा जारी अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको उपाधि आयोजक एड्भान्स क्लब मानेभञ्याङले जितेको छ । लोहोरुंङ क्लब पाङ्मालाई २–० गोल अन्तरले हराउदै एड्भान्स क्लबले उपाधी आफ्नो हात पारेको हो ।
उपाधी हातपारेको आयोजक एड्भान्स क्लबले नगद ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता लोहोरुंङ क्लवले नगद ५० हजार रुपैयामा चित्त बुझाएको छ ।
त्यसैगरी प्रतियोगिताको सेमिफाइनललिस्ट हाङथुङ क्लब मादी र मिर्मिरे क्लब तामाफोकलाई नगद १५–१५ हजार रुपैयाँ प्रदान गरिएको हो । विजेता टिमहरुले नगदका साथमा शिल्ड मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उत्कृट खेलाडीमा एड्भान्स क्लबका दिपक चौहान छनौट भएका छन् । उत्कृष्ट खोलाडीलाई तीन हजार रुपैँया प्रदान गरिएको छ ।
खाँदबारी नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा शनिवारबाट सुरु भएको अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्लाभरीबाट १० टिमको सभागिता रहेको थियो । खेलमा ३० वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाएको एड्भान्स क्लवका अध्यक्ष इश्वर घिमिरेले बताउनुभयो ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्