हाम्रो यात्रा इमान्दारिताको यात्रा हो : सिताराम कट्टेल (धुर्मुस)
सीता पौडेल
काठमाडौं। चचिैत हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्कशालाको निर्माणलाई लिएर सामाजिक सञ्जालमा भएका आलोचनात्मक टिकाटिप्पणीप्रति कटाक्ष गदै आफुहरुले शुरु गरेको यस अभियान इमान्दारिताको यात्राको अभियान भएको बताएका छन् ।
रोटरी इन्टरन्यासनल ३२९२ ले हालै काठमाडौंमा आयोजना गरेको १३ औं डिस्ट्रिक कन्फ्रेन्समा उनले आफु विगत ८ वर्षदेखि कलाकारिताको क्षेत्रलाई थाँती राखेर नमुना नेपाल परिकल्पना कार्यक्रम अन्तर्गत सो रङ्गशाला लगायत एकिकृत नमुना मुसहर वस्ती , गिरानचौर मिलन नमुना बस्ती निर्माण जस्ता सामाजिक सेवाभाव प्रकट हुने काममा लागेको बताए । उनले यसरी गरिएका कार्यहरुलाई गलत ढङ्गले व्याख्या नगर्न तथा गलत तबरले नबुझ्न सबै शुभचिन्तकहरुलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा निकै भावुक बन्दै उनले भने , ‘यो अभियानमा लागेपछि कुनै पनि समय टन्न खान र राम्रोसँग सुत्न पाएको छैन् । श्रमिकसरह खटेर हामीले काम गरिरहेका छौं। मुत्यु शास्वत छ,तसर्थ जीवनमा कृर्ति राख्नको लागि काम गर्नु पर्छ भन्ने मलाई लाग्छ ।’

मानिसले यति लामो जीवनमा आफुले समाजका लागि अनि राष्ट्रका लागि के योगदान पु¥याएँ भन्ने सोच आउँदा आत्मग्लानी नहुने गरि सेवामा लाग्नु पर्ने भन्दै उनले सो रङ्गशाला सांस्कृतिक संग्रालयको रुपमा निर्माण हुन लागेको र यसमा ७७ वटै जिलाका आ—आफ्नै संँस्कृति झल्कने खालको कोठाहरु रहेको बताए ।
उक्त कन्फ्रेन्समा धुर्मुसको यस अभियानको सह्राना गदै विभिन्न रोटरी क्लबहरुले आर्थिक सहयोग समेत गरेका थिए । कार्यक्रममा उनले तीन करोड नेपालीले १०० रुपैयाँ मात्रै सहयोग गरेमा यो परियोजा सम्पन्न गर्न सजिलो हुने बताए । साथै उनले सो रङ्गशालामा हुने उद्घाटन खेल हेर्नका लागि कुर्सी उपलब्ध गराउने संघ संस्था तथा व्यक्तिको नाम कर्सीमा लेखिने योजना बनाएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##सिताराम कट्टेल (धुर्मुस), #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्