चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन । चितवनको भरतपुर अस्पतालमा आज (मंगलबार) एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वर्डा नम्बर १८ का ५२ वर्षीया एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
निमोनिया, मधुमेह र उच्च रक्तचाप भएपछि चैत २२ गते उपचारका लागी भरतपुर अस्पतालमा भर्ना भएका उनी माथि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको बिहान ८:३० बजे मृत्यु भएको हो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले जानकारी दिए ।
यता, रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको छ । मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा चितवनमा कोरोनाको उच्च जोखिम देखिएको छ । जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ६८ रहेको छ ।
क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्