राष्ट्रिय क्योकुशिन–सेईसिन कराते प्रतियोगिता सम्पन्न
भक्तपुर — चैत्र ३१, २०७७।
नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघको आयोजनामा दुई दिनसम्म सन्चालित “पाँचौ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराते प्रतियोगिता–२०७७ सम्पन्न भएको छ । भक्तपुरको सुर्यबिनायक स्थित योयो पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री महेस बस्नेत र रास्ट्रिय खेलकुद परिसदका सदस्य सचिब रमेश सिलवालले पानसमा दियो बाली संयुक्त रुपमा उदघाटन गर्नु भयो ।

प्रमुख अतिथी पुर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभाका सदस्य महेश बस्नेतद्वारा खल्ला तौल समूह, ५५ के.जी. तौल समुह तथा ५० के.जी. तौल समुहका बिजेता पुरुष खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो भने महिला तौल समुह, ४० के.जी. तौल समुह, ३५ के.जी. तौल समुहका बिजेता महिला खेलाडीहरु तथा ४५के.जी., ४०के.जी., ३५के.जी. तौल समुहका पुरुष खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र तथा नगद पुरस्कार अर्का प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेश शिलवालद्धारा बितरण गर्नुको साथै मिस नेवाः नेपाल ११४१ का बिजेता कृषा महर्जन, शसस्त्र प्रहरी नायब उपरीक्षक समिक महर्जन तथा रोशन भोयद्योलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति तथा केन्द्रिय संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ एवं विश्व क्योकुशिन काई करांतेका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यसैगरी अन्य प्रदेशबाट सहभागी खेलाडीहरुको हौसला प्रदान गर्न मिस नेवाः कृषा महर्जनद्धारा नेप्लिज फेशन होमको तर्फबाट स्टेशनरी तथा स्कुल ब्याग बितरण गरिएको थियो भने विशेष अतिथी भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाद्धारा कार्यक्रमका जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रम संचालन मिस नेवाः नेपाल २०२१ का उपबिजेता प्रिया तण्डुकार तथा मिस नेवाः प्रजिता श्रेष्ठले गरेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्