भारतीयमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८७९ जना कोरोना संक्रमण पुष्टि
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८७९ जना भारतीयमा संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा थप ८ सय ३९ को कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोनाका कारण अहिलेसम्म एक करोड ३३ लाखभन्दा बढी प्रभावित भइसकेको छ । कोरोनाकै कारण पछिल्लो मितिसम्ममा एक लाख ६९ हजार २७५ को मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा बढी भएको जनाएको छ ।
कोभिड–१९ का कारण भारतको महाराष्ट्रमा सबैभन्दा बढी ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि संक्रमितको संख्या दिन दिनै थपिएको छ ।
भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ । पछिल्लो समय मानिसहरुले संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको, चाडपर्व तथा राजनीतिक भेलाजस्ता ठूलो संख्यामा मानिसहरुको भेला हुन रोकिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्