चितवनमा म्याजिक भ्यान दुर्घटना: दुइ जनाको मृत्यु, तीन जना गम्भीर घाइते
चितवन । चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा (आइतबार) दुई जनाको मृत्यु भएको छ ।
आज बिहान ९ बजे भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित रामपुर चौकी नजिककै रामपुरबाट शारदानगर टाउन तर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक दुर्घटना हुँदा नाम थर वतन खुल्न नसकेका दुइ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सोही दुर्घटना परी अन्य सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा भरतपुर महानगरपालिका ६ बस्ने ४७ बर्षीया शारदा परियार, भरतपुर महानगरपालिका १९ बस्ने ३२ बर्षीया शारदा गुरुङ, सोही ठाउँ बस्ने २४ बर्षीया अनुप लामा, भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ४८ बर्षीया कुमारी बिक, भरतपुर १९ शारदानगरका म्याजिक चालक ३५ बर्षीया रमेश थापा, लमजुङ दोर्जी गाउँपालिका २ बस्ने ३१ बर्षीया बिनोद गुरुङ र रसुवा कालिका गाउँपालिका २ बस्ने १९ बर्षिया प्रदीप घिमिरे रहेका छन् ।
उनीहरुमध्य म्याजिक चालक थापाको अवस्था गम्भीर रहेको छ । उनको दुबै खुट्टा भाँचिएको छ भने, अर्का यात्रुद्वय कुमारी बिक र बबिता गुरुङको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइते मध्य अनुप लामाको स्थानीय रामपुर मेडिकलमा उपचार भइरहेको छ भने, अन्य लमजुङका बिनोद गुरुङ र रसुवाका प्रदीप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्