जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा फोहर विसर्जन
अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ ।
केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माणको सामग्री सहजरुपमा प्राप्त भएकाले सोहीअनुरुप निर्माणको काम भएकाले आगामी जेठ पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्न सकिने आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख मनोज नकर्मीका अनुसार ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले पोखरीको ढलानको काम भइरहेको छ । उक्त काम सकी फोहर विसर्जन गर्दै जाने र अन्य बाँकी काम गर्दै जाने तयारी रहेको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।
काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो । सोहीअनुरुप उक्त स्थानमा करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।
मूल्य अभिवृद्धि करबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ गरिएको सम्झौता भएको थियो । सम्झौता भएअनुरुप काम नसकेपछि निर्माण कम्पनीलाई एक वर्षको समय थप गरिएको थियो ।
निर्णयानुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागको रहेको छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बञ्चरेडाँडामा फोहर विसर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्