गोली प्रहार गरेर सुनचाँदी पसल गर्ने व्यक्तिको हत्या
२९ चैत । सिरहा जिल्लामा गोली प्रहार गरेर सुनचाँदी पसल गर्ने व्यक्तिको हत्या भएको छ ।
शनिबार मध्यराति लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
युवकको अपरिचित हतियारधारी समूहले विश्वकर्मालाई गोली हानी हत्या गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले डकैती गर्न आएको हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको बताएका छन् ।
विश्वकर्मामाथि हतियारधारी समूहले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।
हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ ।
घाइते अमिताको लहान अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोली प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्