पर्यटन को पहिलो रोजाई ” टोखा बुढानिलकण्ठ”
चैत्र २७
जय न्यौपाने ।
बर्तमान परिवेशमा देश -विदेस को महत्व सगैँँ” मेरो छेत्र मेरो योगदान सकृय सहभागिता सहितको श्रमदान ” मुल अभियानका साथ टोखा , बुढानिलकण्ठ नगरपालिका लाई ऐतिहासिक महत्व सगै पर्यटकिय गन्तव्यको रुपमा बिकाश गर्ने उदेश्यका साथ बुढानिलकण्ठ तपेस रिसोर्टमा आयोजीत पर्यटन प्रबंधनको बिकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छl
कार्यक्रमा स्थानीय बुद्धिजीवी सरोकारवाला वडा जनप्रतिनिधि नागरीक समाज लामो समय देखी योगदान गरीरहनु भएको पर्यटन ब्यबसायी, पत्रकार लगाएतको उपस्थितीमा पर्यटन प्रबन्धन कार्यक्रम संपन्न गरिएको थियो।



उत्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय दीपक निरौलाले समग्र पर्यटन विकासमा रोजगारी उद्यमशीलता सांस्कृतिक पहिचान मैलिकता कृषी सगै अर्थिक वृद्धिको उचित अबसर स्थानीय स्रोत र साधनको महत्व अबसर रोजगार सगैँँ देशकै समृद्धिको आधारको निमित्त पर्यटन प्रबंधनका लागी साईकिलीङ, होमस्टे, हाईकिंग , रिसर्च , प्याराग्लाडिङ् ,झरना गुफा पर्यटकिय गन्तव्यको सुन्दर नगरी जाहा देशकै राजधानी संग जोडीएको राष्ट्रीय निकुञ्ज धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व सगै ऐतिहासिक ज्ञान पैराणिक प्रमाण जैविक विविधता सहित को अबस्मरणिय यात्रा अन्बेषण सगै पर्यटकिय गन्तव्य पहिलो रोजाई बनाउने उद्देश्य ले उक्त कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्