कोरोना तीव्र रूपमा फैलिएसँगै नाकाहरू अस्तव्यस्त
चैत । भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।
भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ सय ४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ५२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो प्रदेशमा कञ्चनपुरस्थित गड्डाचौकी, कैलालीस्थित गौरीफन्टा, बैतडीस्थित झुलाघाट र पुलघाट नाका दार्चुलामा एन्टिजेन परीक्षण डेस्क राखिएको छ ।
मुख्य नाका गौरीफन्टामा पछिल्लो एक सातामा ६ हजार २ सयभन्दा बढीको एन्टिजेन परीक्षण गरिएकामा २ सय ६५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार धनगढीको कनरीस्थित आइसोलेसनमा बिहीबार ४५ जना संक्रमित छन् । प्रदेशका ९ जिल्लाका १८ स्वास्थ्य संस्थामा गरी २ सय ५४ वटा आइसोलेसन बेड रहेको निर्देशनालयले जनाएको छ । भारतका दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत सहरमा कोरोना संक्रमण पुनः बढेपछि त्यहाँ रहेका सुदूरपश्चिमेलीहरू घर फर्कन थालेका हुन् । यतिबेला सुदूरपश्चिमेलीको मुख्य चाड बिसु सुरु भएकाले अन्य व्यक्ति पनि घर फर्किने गरेका छन् ।
जोखिम बढेसँगै संक्रमित राख्न आइसोलेसन व्यवस्था गर्न लागिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । संक्रमितको उपचारका लागि ५० शय्याको अर्को अस्पताल धनगढीमा निर्माण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । यसैबीच, कैलाली जिल्ला प्रशासनले जोखिमलाई मध्यनजर गरी भीडभाड नगर्न ९ बुँदे आदेश यसअघि नै जारी गरिेसकेको छ । आदेशको अवज्ञा गरे कारबाही हुने पनि भनिएको छ तर भीडभाड रोकिएको छैन । यो साता सुदूरपश्चिममा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना तीव्र रूपमा फैलिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्