तारकेश्वर पत्रकार मञ्चका महासचिव न्यौपाने ललितपुरबाट सचिव पदमा उम्मेदवार
विगत एक दशकदेखि जनपक्षीय र व्यवसायिक पत्रकारिताको क्षेत्रमा रहेर निरन्तर कलम चलाउँदै आएका पत्रकार रामशरण न्यौपानेले नेपाल पत्रकार महासंघ ललितपुरबाट सचिव पदमा उम्मेदवारी दिएका छन् ।
श्रमजीवी पत्रकारको हितका निम्ति विगतदेखि नै निरन्तर सङ्घर्ष गर्दै आइरहेको पत्रकार न्यौपानेले ‘महासंघमा नक्कली पत्रकार होइन, सक्कली पत्रकारहरुको प्रवेश र पत्रकारिता पेशा गर्नेहरुको मात्र छाता संगठन पत्रकार महासंघ हो’ भनेर आफुलाई चिनाउँदै आएका छन् ।
सामाजिक संजाल फेसबुकमा न्यौपानेले खुला उम्मेदवारको अपिल गरेका छन् । ‘मैले नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाको सचिव पदमा उम्मेदवार दिएको छु । छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्धता गराउनुका साथै साना लगानीका मिडियाको रक्षाको पक्षमा आवाज उठाउन मेरो उम्मेदवारी ।’ उनले भनेका छन् ।
न्यौपाने तारकेश्वर पत्रकार मञ्चका महासचिव, नागरिक सचेतना समाज, नेपालका सचिव, सामाजिक अभियान्ता तथा सक्रिय पत्रकार समेत हुन् ।‘पत्रकार महासंघको पदाधिकारीमा सक्रिय पत्रकारिता गरिरहेकोलाई हेरौं एकपटक’ भन्ने विचार बोकेर निर्वाचनमा होमिएको न्यौपानेको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर पत्रकार मञ्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्