टोखामा सिसि क्यामेरा सहित एकैपटक दुई पार्कको शिलान्यास
काठमाडौं । टोखा नगरपालिका वडा नं. ७ मा सिसि क्यामेरा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख प्रकाश अधिकारीले आज एक कार्यक्रमबीच वडा कार्यालय नजिकै रहेको दहाल गौंडामा सिसि क्यामेरा उद्घाटन गरेका छन् । कार्यक्रममा टोखा नगरपालिका वडा नं. ७ का अध्यक्ष नरोत्तम राना तथा अन्य वडाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
वडाबाट विनियोजित चारलाख पचास हजारको बजेटमा १० ओटा क्यामेरा जडान गरी प्रहरि कार्यालय र वडामा समेत रेकर्ड राखिएको छ । बसुन्धारा चौकी क्षेत्र र ग्रीनल्यान्डदेखि दाहाल गौंडा जाने सडकमा क्राइम अत्यधिक हुने क्षेत्र पनि हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको प्रत्येक वडाको गल्ली–गल्लीमा अब सिसि क्यामेरा जडान कार्यक्रम सञ्चालन हुन लागेको बताउनुभयो । नगर प्रमुखकाअनुसार टोखामा पूर्वाधार विकासका कार्यक्रम लगभग अन्तिम–अन्तिम चरणमा पुगेकाले अब सामाजिक विकासमा जोड दिने नगरपालिकाको लक्ष्य रहेको छ । स्थानीय सरकार आएको साँढे ३ वर्षे कार्यकालमा टोखामा जनताका अपेक्षाहरु मध्ये ८०–८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अबको बाँकी डेढ वर्षमा पूर्वाधार विकास र सामाजिक विकासमा जोड दिने नगरपालिकाको योजना रहेको छ ।
टोखा नगरपालिका अन्तरगतको प्रत्येक वडामा एउटा–एउटा पार्क निर्माण अभियान सञ्चालन भइरहेको छ । सोही अन्तरगत टोखा ७ सेहेन्सा नजिकै प्रदेश सरकारको सहयोगमा प्रदेश पुर्बाधार कार्यक्रम मार्फत पैंतिस लाखको बजेटमा पार्क निर्माण हुन लागिरहेको छ । त्यस्तै गरि दाहाल गौडा चोक नजिकै टोखा नगरपालिकाको तीस लाख बजेट सहयोगमा पार्क निमार्ण हुने भएको छ।
उक्त दुर्इ ओटै पार्कहरु निर्माण कार्य सुचारु गर्न आज प्रदेश सभा सदस्य दिपक निरौलाले शिलान्यास गरेका छन् । उक्त कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डगोल, वडा ७ का अध्यक्ष नरोत्तम राना तथा अन्य वडाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले आफू निर्वाचित क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रम लगभग अन्तिम चरणमा पुगेकाले अब समाजप्रति नयाँ ढंगले कार्यक्रमहरुमा जोड दिने बताउनुभयो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #टोखामा सिसि क्यामेरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्