Techie IT
शुक्रबार, असार १९,२०८३

काठमाडौं विश्वकै वायु प्रदूषित शहरको १ नम्बर सूचीमा


काठमाडौं, २३ चैत। केहि दिन सुधार आएको वायु प्रदूषण फेरी बढेको छ । काठमाडौं उपत्यकासहितका केही शहरहरुमा पुनः वायु प्रदूषण ह्वात्तै बढेको हो ।

आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। आज काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई पुगेको छ। यो अवस्था स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ ।

त्यसैगरी चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० एक्युआई भन्दामाथि पुगेको छ। काठमाडौंको आकाशलाई आज बिहान तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन।

काठमाडौं उपत्यकाको पारदर्शिता (भिजिबिलिटी) १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि पनि काठमाडौंको बायुमण्डललाई करिब एक सातासम्म तुवाँलोले ढाकेको थियो। तुवाँलो लाग्नुको मुख्य कारण देशका विभिन्न भेगमा लागेको डढेलो रहेको विभागले जनाएको छ ।

वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा


तपाईको कमेन्ट लेख्नुहोस्