Techie IT
मंगलबार, भदौ ९,२०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ /२ रुपैयाँका दरले  बृद्धि भएको छ ।

मुल्य बृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल र मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।यस अघि चैत्र ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

बढेको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने  निगमले जनाएको छ। खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमको भनाई छ।मुल्य बृद्धि पश्चात निगमलाई  पनि घाटा रहेको जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##पेट्रोलियम पदार्थको मूल्य, #hot


तपाईको कमेन्ट लेख्नुहोस्