बालाजुको राजेश हार्डवेयर सिल, शाखा प्रमुख पक्राउ
बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ ।
उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको पाइएको हो । नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।
गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्राम, २०१.१ किलोग्राम प्mल्याटमा १०.६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताउनुभयो ।
नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हार्डवेयर सिल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्