सत्यको बाटोमा हिंड्न सधैं झकझकाइरहनुहोस्,सम्पुर्ण नागरिकको शिर ठाडो हुने गरि काम गर्ने छु :मन्त्री अर्याल
सीता पौडेल
काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री पद्यमा कुमारी अर्यालले जस्तोसुकै परिस्थितिमा पनि सत्यको बाटोमा हिडिरहने र नागरिकको शिर ठाडो हुने गरि काम गरिहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
शनिबार ‘पेलाकोट काठमाडौं सम्पर्क समाज (साविक)’ को पाँचौं अधिवेशनलाई सम्बोेधन गदै उनले भनिन , ‘ गलत पथमा लाग्ने सोच कहिले नआओस, सत पथमा हिड्न सम्पुर्ण नागरिकले मलाई प्रेरणा दिनुहोस्, नागरिकको शिर ठाडो पार्ने गरि काम गरेकी छु,गरिरहने छु र त्यसमा पनि अरुले भन्दा पृथक काम गरेर देखाउने अभियानमा छु यसमा तपाइंँको साथ , सहयोग र हौसलाको निरन्तरताको खाँचो छ ।’
मन्त्री व्यक्तिगत स्वार्थ र सत्ता लोलुप्ताका लगि नहुने भन्दै मन्त्री अर्यालले मन्त्री भएपछि आफूमा पार्टीको मात्र नभइ सबै नागरिकको हित र समृद्ध मुलुक बनाउने जिम्मेवारीपन तथा सेवाभाव महसुस भएको धारणा व्यक्त गरिन।
साथै उनले स्याङ्गजाका प्रत्येक गाँउगाउँमा होमस्टे सञ्चालन गर्ने ,त्याहाँका लोकल खाना र खेतीलाई बढाव दिने गरि कृषि क्षेत्रको विकास गर्ने र स्याङ्गजालाई पर्यटकिय गन्तव्यकोरुपमा विकास गर्ने कुरामा जोड दिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##मन्त्री पद्यमा कुमारी अर्याल, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्