संखुवासभामा बस दुर्घटना हुँदा ३२ जना घाइते
दुर्घटनाका घाइतेलाई चाँडो उपचारको व्यवस्था मिलाउन कांग्रेस नेता खड्काको आग्रह
संखुवासभा, चैत्र २० – धर्मदेवी नगरपालिकामा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।
मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा शुक्रबार बिहान दुर्घटना भएको हो। उत्तर दक्षिण कोशी सडकखण्डको दोभान रिसोर्ट नजिकमा बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।
घाइतेहरुको उद्धर सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ। बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभा बस दुर्घटनाको घाइतेलाई चाँडो उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
नेता खड्काले आज एक विज्ञप्ती जारी गरी आज विहान संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस दुर्घटनाका घाइतेलाई तत्काल उपचारको व्यवस्था मिलाउन स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई आग्रह गर्नुभएको हो ।
आज विहान धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ दोभान रिसोर्ट नजिक दुर्घटना भएको थियो । दुर्घटनामा ३२ यात्रु घाइते भएपनि १३ यात्रु भने गम्भीर घाइते भएका छन् ।
विस २०७० सालको संविधानसभा निर्वाचनमा नेता खड्का नेपाली काँग्रेसको तर्फबाट संखुवासभा निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #गाडी दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्