बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण कार्य शुरु
काठमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ ।खानेपानी मन्त्रीको निर्देशन अनुसार शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले बालाजु बाइपासमा रहेको खानेपानी केन्द्रको चावी खोलेर पानी वितरणको उद्घाटन गरेको राज्य मन्त्री मानन्धरका स्वकीय सचिव जय प्रकाश श्रेष्ठले जानकारी दिए ।
बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएको र शुक्रबार बिहान साढे ५ बजेदेखि वितरण गरिएको मन्त्री मानन्धरका स्वकीय सचिव जय प्रकाश श्रेष्ठको भनाइ छ ।

आजबाट नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा मेलम्चीको पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी रहेको र त्यो पनि छिट्टै पुरा गरिने अधिकृत शाक्यको भनाइ छ ।
लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको बताएको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकोमा अहिले दैनिक साढे आठ करोड लिटर पानी वितरण भइरहेकोशाक्यले बताए ।

एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउने बताएको छ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने छ । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ/आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिने छ ।
मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यका केही ठाउँमा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।यो सँग उपत्यका सबै ठाउँमा खानेपानीको समस्या टर्नै उपत्याका बासीको ठूलो आशा रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##नयाँबजार, #breaking, #सोह्रखुट्टेलगायतका स्थानमा मेलम्चीको पानी वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्