‘नेपालको नयाँ संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन’ हुने
नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ ।
काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले आज विज्ञप्तिमार्फत जनाएको हो ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री तथा वर्तमान सांसद एवं प्रथम र द्वितीय संविधानसभाका सभासदहरूको सहभागिता हुनेछ । सात प्रदेशबाट यस विषयका जानकार, विज्ञ तथा राजनीतिज्ञको पनि सहभागिता हुने सचिवालयका यज्ञ थापाले जानकारी दिनुभयो ।
सोल्टि होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेता एवं पूर्व सभामुख सुभाष नेम्वाङ, बङ्गला देशका संविधान निर्माणकर्ता वरिष्ठ संविधानविद् कमाल हुसैनलगायतले वक्ताको रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
आमन्त्रित सहभागीमध्ये करीब ३० अन्तर्राष्ट्रिय र ६० राष्ट्रिय न्यायशास्त्रका ज्ञाता तथा विद्वान र संविधानविद्हरूको उपस्थिति रहनेछ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजू श्रेष्ठले सम्मेलनबाट नयाँ संविधानको मूलभाव बुझ्न र यसको कार्यान्वयन र सूचित अभ्यासलाई मद्दत मिल्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्