अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’द्वारा पुनरवलोकन निवेदन
काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गरेका छन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा तथा तत्कालीन नेकपा (एमालें) र तत्कालीन नेकपा )माओवादी) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरवलोकन गर्न आज अध्यक्ष दाहाल आफैँ सर्वोच्च अदालतमा पुगी पुनरवलोकन निवेदन दर्ता गराएका हुन्।
अध्यक्ष प्रचण्डले भने ,“हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ”, “यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ ।”
उनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय स्वागतयोग्य भएको तर गत फागुन २३ गते नेकपाको नाम सम्बन्धमा भएको फैसला भने आफूहरुलाई स्वाभाविक नलागेको उल्लेख गर्दै भने, “फैसला अस्वाभाविक छ, अप्राकृतिक छ र राजनीतिक प्रकृतिको निर्णय भयो भनेर हामीले असहमति जनाएका थियौँ, त्यही फैसलालाई पुनरवलोकन गर्नुप¥यो भनेर मैले निवेदन दर्ता गराएको छु ।”
उक्त पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्नका लागि अदालतले निस्सा दिनुपर्ने हुन्छ । उक्त विषयमा पुनरवलोकन दिने वा नदिने भन्ने विषयमा अदालतले पेशी तोकेपछि मात्र थाहा हुनेछ । पुनरवलोकन निवेदनमा गत फागुन २३ गतेको फैसला सर्वोच्च अदालतको यसअघि प्रतिपादित नजिर र सिद्धान्तको प्रतिकूल भई गम्भीर त्रुटिपूर्ण रहेको हुँदा पुनरवलोकन हेरी त्रुटिपूर्ण आदेश बदर गरी संविधानअनुसार इन्साफ दिलाई पाऊँ भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##प्रचण्ड ’द्वारा पुनरवलोकन निवेदन, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्