ललितपुरको नख्खुमा बर्ड फ्लु भेटियो , हाँस, लोकल कुखुरा र बट्टाई गरि १५ सय पंन्छी नष्ट
ललितपुर ।ललितपुर महानगरपालिका वडा नम्बर १४ नख्खुमा स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले जनाएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ वटा हाँस, ८५४ वटा लोकल कुखुरा र १५४ वटा बट्टाई लगायत ९४४ वटा कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##नख्खुमा बर्ड फ्लु भेटियो, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्