रोटरी क्लव बालाजुद्वारा वृद्धवृद्धालाई सोलार , ट्यांकी तथा शौचालय निर्माण सामाग्री हस्तान्तरण
काठमाडौं, १७ चैत । रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले बालाजुमा रहेको हिमालय वृद्धाश्रमका बुवा आमाका लागि सोलार प्यानल हिटर, पानी ट्यांकी तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।
वृद्धाश्रममा रहेका वृद्धावृद्धाले काठमाडौंको जाडोमा नुहाउन, लुगा धुन निकै असजिलो भएको जानकारी पाएपछि समाजसेवामा अग्रणी संस्थाको रुपमा रहेको क्लबले सोलार हिटर र पानी टयांकी जडान गरिदिएको छ । वृद्धावृद्धाका लागि सहज हुने खालको शौचालय निर्माण गरिदिएको छ ।
क्लबको चार्टर प्रिजेन्टेशन समारोहको अवसर पारेर सोलार हिटर, शौचालय हस्तान्तरण गर्दै रोटरी क्लब अफ ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजीव पोखे्रलले असहाय वृद्धावृद्धालाई अति आवश्यक पक्षमा सहयोग गरेर रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले अति राम्रो पवित्र कार्य गरेको बताए ।
डाउनटाउनका अध्यक्ष श्यामबहादुर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोख्रेलले भने, ‘जुन सहयोग भएको छ त्यो ऐतिहासिक छ । सहयोग गरेर फेरि यो आश्रममा नफर्किने काम नगर्नुहोला । क्लबले आश्रमलाई सधैँ सम्झिराखोस् र आवश्यक सहयोग भैराखोस् ।’
अध्यक्ष पराजुलीले समाजसेवामा लागेको आफ्नो संस्थाले यस्तो कठीन जीवन बिताइरहेका वृद्धावृद्धाका लागि अन्य आवश्यक सहयोग के गर्न सकिन्छ भन्ने कुरा आगामी दिनमा पनि सोच्ने छ भन्दै आफूहरूका लागि सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने मान्यतालाई शिरोधार्य गरिरहेको बताए ।
क्लवकी उपाध्यक्ष एवं ग्रिनसिटी अस्पतालकी फाइनान्स मेनेजर रेनुका गुरुङले हिमालय वृद्धाश्रमसंग आफ्नो अस्पतालले सहकार्य गर्र्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले वृद्धावृद्धाको स्वास्थ्य जस्तो विषयमा सहकार्य गर्न सकिने बताइन् ।
हिमालय वृद्धाश्रमकी प्रमुख सरला पन्तले आश्रमका लागि निकै आवश्यक भएको कुरा पहिचान गरी सहयोग गरेकोमा सिंगो क्लब परिवारप्रति आभारसहित धन्यवाद ज्ञापन गरिन् ।
शौचालयका लागि क्लवका सदस्य अर्जुन खनालले सहयोग गरेका थिए ।
कुन आश्रममा के समस्या छ र तत्काल सहयोग गर्नुपर्ने के छ क्लबले कुन आश्रमलाई सहयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरा छनोट गर्न वरिष्ठ पत्रकार टंक पन्तको संयोजकत्वमा समिति बनाइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #रोटरी क्लव बालाजु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्