ग्लोबल इन्फो भिसा सर्भिसले भन्यो – “आफ्नो कागजात लैजानु”
काठमाडौं । काठमाडौंंको पुरानो बानेश्वरमा रहेको “ग्लोबल इन्फो भिसा सर्भिस” ले सेवाग्राहीलाई पासपोर्ट र पैसा फिर्ता लैजान अपिल गरेको छ ।
कम्पनीका सञ्चालक सुन्दरमणी अधिकारीले आज (सोमबार) साझापाना अनलाइनसँग कुरा गर्दै युवाहरूले बिदेश पठाइदिन भन्दै आफ्नु संस्थामा दिइएको पैसा र पासपोर्ट तत्कालका लागी फिर्ता लैजान भनेको हो ।
विविध कारणले गर्दा अहिलेका लागी हामी सेवा दिन असमर्थ छौँ, कम्पनीका सञ्चालक अधिकारी भन्छन् – हामी छिट्टै नयाँ सोचाइका साथ अझै परिस्कृत ढंगले अघि बढ्ने छौँ । उक्त कन्सलटेन्सी प्राविधिक कारणवश बिहीबारदेखि बन्द रहेको र केही समयमै यसलाई थप निरन्तरता दिने कम्पनीको भनाइ छ ।
कम्पनीका सञ्चालक समेत रहेका अधिकारीले सामाजिक सञ्जालमा आएजस्तो समाचारमा कुनै सत्यता नरहेको बताए । हाम्रो तर्फबाट पनि कहिँ कतै त्रुटि त भएको छ नै हामी त्यस गल्तीलाइ सुधार गरेर अघि बढ्न तयार छौँ ।
उनलेे भने, बिहीबार हाम्रो कम्पनीमाथि अनुगमन गरेको र सो, समयमा आफु विशेष कारणले बाहिर रहेकोले कम्पनीमा शिल गरेको कुराले आफुलाइ दुखित तुल्याएको उनलेे बताए । साथै, उनलेे बिभागले अनुसन्धान गरिरहेको छ भन्ने खबर प्राप्त भएपछि हामी नियमित रूपमा बिभागमा उपस्थित भएका छौँ, फरार भएका छैनौं ।
पीडित युवाहरूलाई आफ्नु र संस्थाको ठगी गर्ने कुनै नियत नभएको भन्दै उनलेे तत्कालका लागी सेवा दिन संस्था असमर्थ रहेको बताए । उनले भने, उनीहरुबाट लिइएको सम्पुर्ण डकुमेन्ट फिर्ता गर्न कम्पनी तयार छ । साथै, कम्पनीले कम्पनी विरुद्ध राजेश खत्रीले कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दर्ता गरे पनि अन्त : फिर्ता लिइएको बताए । हामी विरुद्ध उहाँले कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दर्ता गराउनुभएको रहिछ, अहिले फिर्ता लिनुभयो भन्ने जानकारी आएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्