तीन राउन्ड गोली सहित रत्ननगरका तीन जना पक्राउ
चितवन । चितवन प्रहरीले बन्दुकमा लाग्ने तीन राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट बन्दुकमा लाग्ने तीन राउन्ड गोली सहित रत्ननगर नगरपालिका १२ बस्ने निर्मल बुढा मगर, सुलर्भ तामाङ र रत्ननगर नगरपालिका १६ बस्ने इशान लम्साललाइ पक्राउ गरेको हो ।
होली पर्वका क्रम्मा सम्भावित दुर्घटना हुन नदिन चितवन प्रहरीले आज (आइतबार) जिल्लाभरको सुरक्षाको ब्यवस्था कडा बनाएको थियो । यसैक्रम्मा , भोजाडबाट खटिएको प्रहरीको टोलीले शंकास्पद रूपमा आइरहेको मोटरसाइकललाइ रोकेर चेकजाँच गर्ने क्रम्मा चालकले बोकेको झोलाको चश्मा राख्ने ब्यागबाट गोली सहित उनीहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू माथि जिल्ला प्रहरी कार्यालय चितवनले हातहतियार खरखजना सम्बन्धि मुद्दामा अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्