नेपाल बाल संगठन संखुवासभामा चापागाईं निर्वाचित
नेपाल बाल संगठन जिल्ला कार्यसमिति संखुवासभाको सभापतिमा सन्तोष चापागाईं निर्वाचित हुनुभएको छ ।
खाँदबारीमा शनिवार भएको संगठनको प्रथम जिल्लासभाबाट चापागाईं सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रथम जिल्ला सभाबाट बाल संगठनको कार्यसमितिको सदस्यहरुमा टंक रोक्का, सुबोध खतिवडा, कमल सापकोटा, खेवाहाङ मेवाहाङ, चुडादेबी श्रेष्ठ, बिनिता पोखरेल र यम बराइलि निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला सभा संगठनका तदर्थ जिल्ला कार्यसमिति सभापति सन्तोष चापागाईंको अध्यक्षता र जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख अम्बिका खवासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार बुढाथोकी लगायत जिल्लाका अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

जिल्लासभालाई सम्बोधनगर्नु हुदै जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख अम्बिका खवासले बालबालिकालाई बाल हिंसामा पर्न नदिनका लागि नेपाल बाल संगठनले महत्वपूर्ण भूमिका खेल्न जरुर रहेको बताउनुभयो । बालबालिकालाई अधिकारको क्षेत्रमा उन्मुक्त गराउनका साथै कर्तब्य र दायित्वमा सुसुचित गराउन र संबिधानले व्यवस्था गरेको मौलिक हक अन्तर्गत रहेर कर्तब्य सहितको न्यायोचित अधिकारलाई सुनिश्चित गर्नका लागि संगठनको महत्वपूर्ण भूमिका रहनुपर्ने उहाको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल बाल संगठन संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्