मदन भण्डारी फाउन्डेसनको आयोजनामा तिन दिने स्वतन्त्र लेखन तालिम शुरु
काठमाण्डौ ,चैत्र १४।
मदन भण्डारी फाउन्डेसनको आयोजनामा तिन दिने स्वतन्त्र लेखन तालिम शुरु भएको छ। काठमान्डौ जिल्लाका ११ स्थानीय तहका वडाहरु र बागमती प्रदेसका सबै स्थानीय तहका युवाहरुलाई आधारभूत पत्रकारिता तालिम दिएको फाउन्डेसनले भक्तपुरमा तिन दिने आवासीय प्रशिक्षण शुरु गरेको छ।
चैत्र १४ देखि १६ गते सम्म हुने उक्त आवासीय प्रशिक्षणमा डा.कुन्दन अर्याल,प्रेम सागर चापागाई, रेडियो नेपालका बरिस्ट कार्यक्रम अधिकृत अमरधज लामा ,बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेल ,रामशरण प्याकुरेल,यशोधा अधिकारी ,लक्ष्मी बस्नेत लगायतले समाचार र सृजनात्मक लेखनका वारेमा प्रशिक्षण दिनेछन।

सुशासन र समृद्धिका लागि संचार अभियान अन्तर्गत हाल सम्म बागमती प्रदेसका सबै स्थानीय तह बाट २० देखि २५ वर्ष उमेर समुहका २३० जना भन्दा बढी युवाहरुले आधारभूत पत्रकारिता तालिम लिएको फाउन्डेसनकी केन्द्रीय सचिव पेम्बा लामाले जानकारी दिएकी छन।

क्याटेगोरी : समाचार
ट्याग : #मदन भण्डारी फाउन्डेसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्