Techie IT
मंगलबार, भदौ ९,२०८३

काठमाडौं उत्यकामा मेलम्चीको पानी तीन चरणमा ल्याइँदै


 

चैत्र १३, काठमाडौं
जय न्यौपाने /मेनुका कार्की

 

नेपाल सरकारको उप- प्रधानमन्त्री ईश्वर पोखरेल को अध्यक्षतामा आज उप प्रधानमत्री कार्यालय सिंहदरबार मा बसेको बैठकमा संबोधन गर्दै काठमाडौं उत्यकामा मेलम्चीको पानी तीन चरणमा ल्याइने मेलम्ची खानेपानी आयोजनाको प्रमूख कमल राज श्रेष्ठले बताए l

उक्त बैठकमा नेपाल सरकारको उप_ प्रधानमन्त्री ईश्वर पोखरेल , मेलम्ची खानेपानी आयोजना प्रमूख कमल राज श्रेष्ठ ,वागमती प्रदेश सभा सदस्य द्वय मा. नारायण सिलवाल मा.दीपक निरौला ,काठमाडौ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य ,(केयुकेएल ) प्रमूख मिलन शाक्य तथा अन्य जनप्रतिनिधि को उपस्थिति रहेको थियो l

मेलम्ची खानेपानी आयोजना प्रमूख कमल राज श्रेष्ठका अनुसार सुरुमा केयूकेएलका पुराना पाइपलाइनबाट पानी वितरण गरिनेछ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार प्रशोधित पानी १० ठाउँमा रहेका पानीट्यांकीमा आउनेछ। काठमाडौंका मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुर बोडे, ललितपुर खुमलटारमा पानीट्यांकी छन्।

 

पहिलो चरणमा साबिकका एक लाख ८० हजार तथा नयाँ बिछ्याइएका मध्ये २० हजार धारामा महांकाल, बाँसबारी, बालाजु, अनामनगर, मिनभवन, महाराजगञ्जमा रहेका पोखरीमा पानी जम्मा गरेर वितरण हुने केयुकेएल र मेलम्ची आयोजनाले जनाएको छ।। पहिलो दुई दिन ४ करोड त्यसपछि ६.५ करोड़ र ७ दिनपछि ८.५ करोड लिटर वितरण गर्ने बताएका छनl

उक्त बैठकमा कार्य सम्पादन गर्ने तरिकामा समन्वय को अभाव रहेको र दिनु पर्ने परिणाम जनता लाई दिन नसकिने भएकाले अबका दिनमा भट्रीकल नभई होरिजेन्टल तरिकाबाट कार्य सम्पादन गर्न उप_ प्रधानमन्त्री पोखरेले निर्देशन गरेका छ्नl


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्