काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण , घरबाहिर ननिस्कन आग्रह
काठमाडौं ।लामो समयको खडेरीले हावा सुक्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको छ । काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको हो ।
जल तथा मौसमविद् ङमिन्द्र दाहालका अनुसार घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ ।
पानी पर्नका लागि न्यून चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए ।
काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।
काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति निकाल्दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुला स्थानमा नबसौं, नखेलौं, मर्निङ वाक्मा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौं।’
मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत सचेत गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आँखा पोल्ने वायु प्रदूषण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्