तारकेश्वर नगरले पायो नेपालकै कान्छो कार्यबाहाक मेयर
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालीकाको कार्यबाहाक मेयर बलराम सिटौला चयन भएका छन । नगरपालीकाका मेयर रामेश्वर बोहरा, उपाध्यक्ष भवानी डोटेल, प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, नगरकार्यपालीकाका प्रवक्ता तथा वडा अध्यक्ष बिदुर सापकोटा, सुचना अधिकारी होमनाथ न्यौपाने, ३ जना इन्जीनियरहरु र ९ वटा वडाका अध्यक्षहरु अध्यन तथा अबलोकन भ्रमणमा गएका कारण सिटौंलाले कार्यवाहाक मेयरको जिम्मेवारी पाएका हुन ।
अव करिव १० दिन युवा वडा अध्यक्ष सिटौलाले तारकेश्वरका नगरप्रशासन सम्हाल्ने छन ।
मेयर बोहराले वडा नं ९ का अध्यक्ष बलराम सिटौला लाई का.वा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत लम्सालले नगरपालीकामा आठौं तहका शम्भु प्रसाद पौडेललाई निमित्त प्रशासकिय अधिकृतको जिम्मा दिएर भ्रमणमा निस्किएका हुन ।
स्रोतका अनुसार मेयर सहितको टोलीले स्थानीय निकायको अध्ययन भ्रमणको लागि जान लागेको बताइएको छ । सुर्खेत, कालीकोट, जुम्ला र मुगु हुंदै रारा सम्म पुग्ने कार्यक्रम रहेको बताए । नगरपालीकाले स्थानीय निकायको अध्ययन भ्रमणको लागि उक्त कार्यक्रम राखियको कुरा जानकारीमा आएको छ ।
पछिल्लो समय बागमति प्रदैशकै कान्छा एवं चकलेटी वडा अध्यक्षका रुपमा चर्चा पाएका सिटौलाले वडाको बिकाशलाई तिब्रता दिदै आएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालीकाको कार्यबाहाक मेयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्