रिलायन्स कलेज मोडल युनाइटेड नेसन (ReCoMUN) २०२१ सम्पन्न
सीता पौडेल ।
काठमाडौं । काडमाडौंको चावहिलमा अवस्थित रिलायन्स कलेजले रिलायन्स कलेज मोडल युनाइटेड नेसन (ReCoMUN) २०२१ हालै सम्पन्न गरेको छ । विद्यार्थिहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको ३ दिने सम्मेलन हालै सम्पन्न भएको हो ।

संयुक्त राष्ट्रसंघले सन २०३० सम्म निर्धारित उपलब्धी हाँसिल गर्नेगरी तय गरेका लक्ष्यहरु र तिनको दिगो विकासका लागि विद्यालय, कलेज र विश्वविद्यालय तहदेखिनै चेतना विस्तार गर्ने , जिम्मेवार र जवाफदेही जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु गर्दै आएको छ । सोहीअनुरुप गरिएको सो सम्मेलनको उदेश्य पनि एउटै रहेको बताइएको छ ।
विभिन्न आठवटा समुहका समुहगत छलफल, प्रतिवेदन निर्माण तथा प्रस्तुतिकरण लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समाबेश गरिएको उक्त सम्मेलनमा विभिन्न ६ वटा विद्यालयका १६७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

सम्मेलनमा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल, मिस नेपाल २०१५ इभाना मानन्धर, संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामबाबु साह, चार्टड एकाउन्टेन्ट राजु कुमार शिवाकोटी ,सहायक प्राचार्य नन्दुप्रसाद कुशवाहा, र रिलायन्स कलेजका प्रिन्सिपल रबिन्द्रजंग थापाले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : ## (ReCoMUN) २०२१ सम्पन्न, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्