नेपाल आयल निगमले नयाँ भवन बनाउँदै
काठमाडौं । नेपाल आयल निगमले बबरमहलमा केन्द्रीय कार्यालयको नयाँ भवन बनाउने भएको छ । २०७२ वैशाखको भूकम्पले कार्यालय चर्काएपछि निगमले सोही स्थानमा कार्यालयको नयाँ भवन बनाउन लागेको हो ।
भूकम्पका कारण भवन पूर्ण क्षति भएकाले केन्द्रिय कार्यालय रहेको तीनवटै भवनमा सरकारले रातो स्टिकर टाँसेको थियो । लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पोरेट भवन बनाउन बोलपत्र आह्वान गरेको निगमले बताएको छ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । प्रवक्ता उपाध्यायका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइन भूमिगत दुई तलाको पार्किङ हुने र जमीनमाथि १० तलाको भवन बनाइने गरि संरचनाको खाका तयार पारिएको छ ।
जमीनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन बन्ने र छ तलाको टावर बन्ने बताइएको छ । नयाँ बन्ने कार्यालय भवनको कोठा,भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन रु एक अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । हालको पुरानो कार्यालय भवन भत्काउन शुरु भएपछि निगमको अस्थायी कार्यालय टेकु कार्यालयमा रहने निगमले बताएको. छ ।
क्याटेगोरी : समाचार
ट्याग : ###नयाँ भवन बनाउँदै, ##नेपाल आयल, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्