लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथद्धारा राज्यमन्त्री रामविर मानन्धर सम्मानित
काठमाडौं ।लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ र एन्टप्रेनरको इनडक्सन, चाटर प्रेजेनटेसन र इन्सटलेसन कार्यक्रम स्मार्ट प्यालेसमा सम्पन्न भएको छ।
कार्यक्रममा राज्यमन्त्री रामविर मान्नधर ज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा ग्याट एरिया लिडर लायन खगेन्द्र सिटौला, इन्सटलिङ्ग अफिसर डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ साथै अन्य अतिथिहरू डिस्ट्रिक फस्ट लेडि लायन मनमाया श्रेष्ठ , जिएस्टि मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, प्रथम डिस्ट्रिक गभर्नर लायन रेहत बहादुर कार्की, दोस्रो डिस्ट्रिक गभर्नर लायन कर्म गुरूङ लगायत लायन्सका दिग्गज व्यक्तित्व, लायन लिडर र विभिन्न क्षेत्रबाट उपश्थित अतिथिहरुको भारि उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।
समारोहमा ४ घण्टामा ५९ गीत गाएर विश्व र्कितिमान राख्न सफल नेपालको राज्यमन्त्री रामविर मानन्धर ज्यूलाई उच्च कदर गर्दै
लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथले सम्मान गर्नुका साथै कोराना भाइरसको माहामारिमा आफ्नो ज्यानको बाजि लगाएर दिनरात दिन दुःखीका लागि खटिएर उदाहरणीय कार्य गर्नु हुने वरिष्ठ र्यापर, मिडिया पर्सन तथा समाजसेवी निर्णय श्रेष्ठ, वरिष्ठ पत्रकार कुसुम बर्जचार्य, पत्रकार तथा मोडल शिशिर भण्डारी , समाजिक अभियन्ता विष्णु प्रसाद पोखरेल र रामकृष्ण सिमखडा , युवा अभियन्ता बब्लु गुप्ता नेपाली र सरला पन्तिको का्र्यकोको उच्च कदर गर्दै लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथले सम्मान गरेको हो।
समारोहमा बोल्दै राज्यमन्त्री रामविर मानन्धरले लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ परिवारलाई विशेष धन्यवाद दिदै समाज र राष्ट्रको लागि उदाहरणीय कार्य गर्दै आएको भन्दै मुक्तकण्ठले प्रशंशा गरे । साथै मानन्धरले कोराना भाइरसको महामारीमा दीन दुःखीको आशाको किरण बन्न पाउँदा खुसी मिलेको भन्दै क्लबका संस्थापक अध्यक्ष गनिका गुरुङ, पूर्व अध्यक्ष अनिल बुर्जा मगर र अध्यक्ष सुजना राईको प्रशंसा गर्दै सम्मान व्यक्त गरे।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्