काठमाडौंमा कोरोना विरुद्धको खोप लगाएका एक व्यक्तिमा पुन संक्रमण
काठमाडौ । कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिमा पुन संक्रमण भएको छ ।
गत फागुन २३ गते खोप लगाएका काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।
चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।
सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १र२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।
अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाविरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्