पत्रकार महासङ्घले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका
सीता पौडेल
काठमाडौं।नेपाल पत्रकार महासङ्घको यही चैत्र २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिले शनिबार साँझ सूचना प्रकाशन गदै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यतालिका अनुसार चैत्र ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने ,चैत्र ९ गते दिउँसो १२ः३० बजेदेखि चैत्र १० गते दिउँसो १२ः३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध गर्न सकिने छ ।
यस्तै मतदाताको अन्तिम नामावली चैत्र ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने जनाइएको छ भने उम्मेदवारी मनोनयन चेत्र १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गर्ने समय तोकिएको छ ।
यसैगरि चैत्र १३ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेद्वारमाथि दाबी विरोधका लागी समय तोकिएको छ ।
त्यस्तै चैत १४ गते दिउँसो ४ बजेसम्म नाम फिर्ता लिन इच्छुक उम्मेद्वारका लागी समय तोकिएको जनाइएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत्र १४ गते साँझ ६ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने र । मतदान चैत्र २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन् ।
यसपटक देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुने महासंघले आकलन गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##कार्यतालिका, ##पत्रकार महासङ्घको निर्वाचन, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्