Techie IT
मंगलबार, भदौ ९,२०८३

राष्ट्रिय समाचार समिति बोर्ड सदस्य भगवान भण्डारी मानवाधिकार सञ्जाल पाल्पाको संयोजक


काठमाडौं।राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य भगवान भण्डारी मानवाधिकार रक्षकको पाल्पा जिल्ला सञ्जालको संयोजकमा चयन भएका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लुम्बिनी प्रदेश नेपालगञ्जले आयोजना गरेको जिल्लास्तरीय मानवाधिकार रक्षकको सञ्जाल भेलाले पत्रकार  भण्डारीलाई सर्वसहमतीबाट संयोजक चुनेको हो ।

समितिको सह–संयोजकमा नेपालबार एशोसिएसनका केन्द्रीय पार्षद् गीता शर्मा चयन भएकी छन् । त्यस्तै सदस्यमा किरण कौशल, ठाकुर लोहागुन, मिलन विश्वकर्मा, जीवलाल बस्याल, तुल्सी गैरे, तुल्सी पृथी, नारायण न्यौपाने, नेत्र गैरे, दयाराज न्यौपाने, विनोद भारती र अनिता खनाल रहेका छन् ।

वरिष्ठ पत्रकार मेघराज शर्मा, बाल संगठनका अध्यक्ष सोमनाथ अर्याल, बार एसोसियसनका पुर्व अध्यक्ष जोगलाल बिक, मानव अधिकारकर्मी पुष्करराज रेग्मी र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भेषराज तिमिल्सिना समितिको सल्लाहाकारमा चयन भएका छन् भने इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना सदस्य सचिवमा चयन भएको समितिले बताएको छ ।

जीवनका आधारभूत आवश्यकताहरु सहज रुपमा प्राप्त गर्न पाउनु हरेक नागरिकको नैसर्गिक आधिकार हो भन्दै संयोजक भण्डारीले शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता नागरिकका अधिकारमा सञ्नजालले सधैं प्रतिबद्ध भएर काम गर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : ##भगवान भण्डारी., #3


तपाईको कमेन्ट लेख्नुहोस्