Techie IT
आईतबार, साउन २४,२०८३

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो छः पूर्वमन्त्री महेश आचार्य


भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन् ।

शनिबार जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा   उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताए ।

कार्यक्रममा उनले देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओली मात्रै दोषी नभएर पूर्व नेकपाका सबै नेता तथा कार्यकर्ता जिम्मेवार रहेको धारणा व्यक्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : ##गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवस, ##पूर्वमन्त्री महेश आचार्य, #hot


तपाईको कमेन्ट लेख्नुहोस्