Techie IT
आईतबार, साउन २४,२०८३

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ


काठमाडौं ।काठमाडौं महानगरपालिका कान्तिपथ स्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा दिलसाद आलम भनिने एक २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान साढे २ बजेको समयमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो । भारत गोरखपुर घर बताउने ती युवक काठमाडौंको ठमेलमा बस्दै आएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##एटिएम मेसिन, ##फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ, #hot


तपाईको कमेन्ट लेख्नुहोस्