दिवाखाजा कार्यक्रमले भरतपुरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी नियमित
सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आर्कषण बढ्दै
भरतपुर । चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । पछिल्लो समय सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नगरपालिकाले नर्सरीलाई मात्रै दिवा खाजा व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताएकी छन। ।
दिवा खाजामा महिनाको एक दिन मासु र पुलाउ , त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलोजस्ता स्वास्थ्यवर्दक खाजाको तालिका मिलाएर खुवाउने गरिएको प्रधानाध्यापक आचार्यको भनाई छ । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बाल विकासमा ८८ विद्यार्थी रहेकामा खाजा कार्यक्रमपछि ९३ पुगेको प्रधानाध्यापक आचार्यले बताइन ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० विद्यार्थी थपिएको उनको भनाई छ ।जसमा निजी विद्यालय छाडेर आउने पनि छन् । मध्यमस्तरका अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई यस विद्यालयमा ल्याएको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
खैरहनी नगरपालिका नगर प्रमुख लालमणि चौधरीका अनुसार सामुदायिक विद्यालयको नजिता प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी अभिभावक जिम्मेवार हुनु आवश्यक हुन्छ । यसो गर्न सके सामुदायिक विद्यालयबाट पनि निजी विद्यालयको जस्तै नजिता दिन सकिन्छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुको नतिजा सुधारोन्मुृख रहेको नगर प्रमुख चौधरीको भनाई छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##hot #विद्यार्थी नियमित, ##चितवनको कङ्काली माध्यमिक विद्यालय, ##दिवा खाजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्