Techie IT
शुक्रबार, साउन २९,२०८३

नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त


सीताा पौडेल

काठमाडौं। नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त भएका छन् । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले बललाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।

काभ्रेपलाञ्चोकमा जन्मिएका फुलमानले पत्रकारिताका अलवा साहित्य र चलचित्र निर्देशनमासमेत अहम भूमिका निर्वाह गदै आइरहेको बताएका छन् । उनि पत्रकारको संगठन प्रेस चौतारी नेपालका सदस्य समेत हुन् ।

यस अघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले सो दरखास्ताउपर छानविन गरि प्रतिस्पर्धी मध्येबाट उनलाई नियुक्त गरेको जनाएको छ ।

नवनियुक्त महाप्रबन्धक बलको चार वर्षको कार्यकाल रहने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##hot#नेपाल टेलिभिजन, ##महाप्रवन्धकमा फूलमान बल नियुक्त


तपाईको कमेन्ट लेख्नुहोस्