चितवन प्रहरीको एक्सन : अनुसन्धान अधिकृत हुँ भन्दै ठगी गर्ने पन्त पक्राउ
चितवन । आफूलाई राष्ट्रिय अनुसन्धानको उप – अनुसन्धान निर्देशक (एसपी) भएको बताउँदै ठगी गर्ने एक जनालाई चितवन प्रहरीले खैरहनीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका बस्ने ४५ वर्षीय बुद्धिप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार पक्राउ परेका पन्त यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रुपमा रहेर काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
काम छाडेर भागेका पन्तले पछिल्लो समय आफूलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी भएको बताउँदै विभिन्न ब्यक्तिहरुलाइ अनेक प्रभाव देखाइ तथा प्रलोभनमा पारी रकम उठाउँदै हिंडेको भन्ने सूचनाको आधारमा उनलाई हिजो (बुधबार) राती खैरहनी नगरपालिका वर्डा नम्बर ८ मा रहेको एक होटलबाट पक्राउ गरिएको हो ।
(एसपी) अधिकारीका अनुसार टाँडी तथा खैरहनीको विभिन्न होटलमा महिनौंसम्म बसी बिल समेत नतिरी हिंड्ने गरेको समेत अनुसन्धानका क्रम्मा खुलेको बताए । पक्राउ परेका पन्तमाथि सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्