लमजुङको अशक्त नागरीकलाई घरघरमै पुगेर नागरीकता प्रदान एवं सुदृढीकरण अभियानमा सिडियो शर्मा
सेवाप्रवाह र कार्यालयकै सौन्दर्यकरणलाई कार्ययोजना तथा रणनीतिकासाथ अगाडी बढाउँदै
सीता पौडेल
लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई थप सुदृढीकरण गरेको छ । यस कार्यालयले सेवाप्रवाहलाई पारदर्शि, गुणस्तरिय एवं छिटो छरितो बनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारि दिए ।
उनका अनुसार २०७७ जेठमा आफुले प्रजिअ (सिडियो)को जिम्मेवारी प्राप्त गरेपछि कार्यालयको सेवाप्रवाह र कार्यालयकै सौन्दर्यकरण कार्यलाई कार्ययोजना तथा रणनीतिकासाथ अगाडी बढाउँदै आएको छ । साथै प्र।जिअ शर्माले सेवाग्राहीले सेवा लिने क्रममा कार्यालयमा बिताउनु पर्ने समयलाई ज्ञानवर्दक, सूचनामुलक, मनोरंजनात्मक तथा आरामदायी बनाउने कुरामा आफूहरु लागि परेको बताए ।

सार्वजनिक कार्यालयप्रति सेवाग्राहीको धारणामा सकारात्मक सोचको विकास होस् भन्ने हेतुले सौन्दर्यकरणलाई विशेष प्राथमिकतामा राखेर फुल रोप्ने, फलफुलको विरुवा रोप्नेदेखि रङ्गरोगनको कार्य समेत गरि आन्तरिक तथा व्यवस्थापनका पक्षलाई चुस्त र दुरुस्त बनाउने कुरामा विशेष जोड दिएको उनको भनाइ छ ।
सार्वजनिक प्रशासनको सुदृढिकरण एक निरन्तर एवं गतिशिल कार्य भएको हुँदा बदलिदो परिस्थिती र आधुनिक सुचना प्रविधिको विकासले सेवा ग्राहीमा सेवा प्राप्त गर्ने तौर तरिका र पद्धतिमा सुदृढिकरणको अपेक्षा गर्नु स्वभाविक हुने भन्दै प्रजिअ शर्माले समयानुकुल सेवा प्रवाहमा प्रभावकारीता ल्याउन आफुहरुले आधुनिक प्रविधिमा आधारित हुने नागरिकता, राहधानी तथा राष्ट्रिय परिचय पत्र वितरणको सेवालाई टोकन प्रणालीमा आवद्ध गराएर सेवा प्रवाहा गदै आइरहेको बताएका छन् ।
साथै यस प्रकारको सेवा प्रवाहाले कम जनशक्तिवाट अधिक सेवाप्रवाह हुन गई मितव्ययितता कायम हुनुका साथै सेवाग्राहीले लाइनमा उभिएर कष्ट व्यहोर्न नपर्ने तथा वृद्धबृद्धा, , महिला, बालवालिका, अपाङ्गता लगायतका व्यक्तिहरुलाई विशेष लाभ पुग्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
यसैगरियस कार्यालयबाट प्रदान गरिने सेवाको गुणस्तरीयता सुनिश्चत गर्न कर्मचारीले दैनिक रिपोर्टिङ सिस्टमलाई समेत व्यवस्थित एवं नियमित गरिएको सिडियो शर्माको भनाई छ ।
यस अघि बिभिन्न जिल्लाहरुमा कुशलताका साथ प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाहा गरेका शर्माले लम्जुङ्ग जिल्लाका बिकट गाउँका घरघरमा पुगी शारीरीक रुपमा अशक्त भएका नागरीकलाई नागरीकता समेत प्रदान गराउदै आएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, ##सेवा प्रवाहमा थप सुदृढीकरण, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्